मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • सुन तस्कर दावा र अध्यागमनका महानिर्देशक झलकरामको गहिरो साँठगाँठ !

सुन तस्कर दावा र अध्यागमनका महानिर्देशक झलकरामको गहिरो साँठगाँठ !


कान्तिपथ


६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको कनेक्सन देखिएको छ ।

अधिकारी र दावा छिरिङबीच विच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरु भएको तथ्यहरु फेला परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको सुनको अनुसन्धानमा तस्करीका नाइके दावा छिरिङ र गृह मन्त्रालयको सबैभन्दा महत्वपूर्ण र संवेदनशील मानिने अध्यागमन विभागका महानिर्देशक अधिकारीबीच सुन तस्करीको पूर्वसूचना आदान–प्रदान र रकम लेनदेनमा व्यापक कुराकानी र संवाद भएको प्रमाण फेला परेको हो ।

अधिकारी र दावाबीचको संवाद हेर्दा सुन तस्करी योजनाबद्ध रुपमा नै भएको देखिएको छ । अधिकारीको संलग्नतासँगै यसको सिधा कनेक्सन गृह मन्त्रालयसम्मै रहेको हुन सक्ने स्रोतको दाबी छ ।

सीआईबीले फेला पारेको तथ्यअनुसार महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदानप्रदानको कुराकानी मात्रै भएको छैन, ठूलो बिजनेस सञ्चालन गर्ने त्यसो गर्दा ठूलो रकम आउने कुरासमेत भएको देखिन्छ । सुन तस्करीको छानबिन गर्ने क्रममा ती मेसिनहरु बरामद भएको थियो ।

दावाले विभिन्न सन्दर्भमा अधिकारीलाई बधाईसमेत दिएका छन् । अधिकारी र दावाको विच्याटमा दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुराकानी भएको प्रमाण सीआईबीले फेला पारेको स्रोतको दाबी छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत