शुक्रबार, बैशाख ७, २०८१
  • गृहपृष्‍ठ
  • शिक्षा
  • प्रधानमन्त्रीको सचिवालय किनेर भिसी, रेक्टर र डिन बनाईदिन सक्छु : पुल्चोक सभापति

प्रधानमन्त्रीको सचिवालय किनेर भिसी, रेक्टर र डिन बनाईदिन सक्छु : पुल्चोक सभापति


कान्तिपथ


पुल्चोक इन्जियिरिङ क्याम्पसका स्ववियु सभापति तथा अनेरास्ववियुका नेता विराज अर्यालले आफुले प्रधानमन्त्रीको सचिवालय किन्न सक्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन् ।

पछिल्लो समय संस्थानले स्नातक इन्जिनियरिङ (बीई) का १२ विषयको अध्ययन शुल्क ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याउने निर्णय गरेको थियो । विभिन्न विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेपछि त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययन संस्थानलाई वृद्धि गरेको शुल्क फिर्ता लिन निर्देशन दिईसकेको छ ।

उपकुलपति धर्मकान्त बाँस्कोटासहित पदाधिकारीले शुल्क वृद्धिविरुद्ध आन्दोलित ५ विद्यार्थी संगठनसँग बुधबार सहमति गर्दै वृद्धि गरिएको शुल्क फिर्ता लिन संस्थानलाई निर्देशन दिने निर्णय लिएका थिए । विद्यार्थी प्रतिनिधिसहित गठन हुने समितिबाट शुल्कका विषयमा सात दिनभित्र अध्ययन गरी प्रतिवेदन पेस गर्ने सहमति भएको थियो ।

तर अर्याल सम्बद्ध एमाले निकट अनेरास्ववियु भने शुल्क वृद्धिको निर्णय प्रक्रियामा सामेल भएन । उल्टो स्ववियुले शैक्षिक क्यालेन्डर नै बिथोलिने गरि प्रवेश परिक्षा सार्ने सहमति गरेको छ । परिक्षाका सहायक डिन र स्ववियुबीच भएको सहमतिलाई लिएर अर्याल र स्ववियुको आलोचना बढ्दो छ ।

उनले सामाजिक संजालमा माओवादी निकट अखिल क्रान्तिकारीका उपत्यका विशेष प्रदेशका उपाध्यक्ष नरेन्द्र बयाडीले ‘डिनको राजीनामा गराउने त योजना हो त भाइहरुको’ भन्दै जिज्ञासा राखेपछि अर्यालले आफुले चाहे डिन, भिसी र रेक्टर प्रधानमन्त्री प्रचण्डको सचिवालयसँग किनेर बनाउन सक्ने बताएका छन् । बयाडीलाई प्रतिक्रिया दिंदै उनी लेख्छन, ‘बिराज अर्यालले कसैलाइ डिन, भिसि, रजिस्टार बनाउन चहाने हो भने यसरि आन्दोलन गरि रहनु पर्दैन । प्रचण्डजि को सचिवालयमा पसल खोलेर बसेका छन मान्छेहरु , कस्लाइ कति रकमको बिटो मुखमा फ्याल्दा नियुक्ति पाइन्छ भन्ने राम्रो सङ थाहा छ , सजिलो बाटो त्यहि हो र त्यहि अप्नाउछु । पसलमा आम्दानि पनि हुने, माओवादि लाइ दान पनि दिन पाइने । म माथि भरोसा गर्ने मेरा विद्यार्थि साथिहरुको भरोसा माथि खिल्वाड गर्दिन । ‘

अर्यालले यस्तो लेखेपछि हिमाल गौतमले यो भनाई सहि छ भने तुरुन्तै प्रधानमन्त्री सचिबालयमा भएका नेताहरुलाई कारबाही गरियोस अन्यथा अर्याल माथि कानुनी प्रक्रिया थालियोस भन्दै स्क्रिनसट सेयर गरेका छन् । त्रिविको सिनेट सभामा माओवादी निकट अखिल (क्रान्तिकारी) बाट ल क्याम्पसमा निर्वाचित विष्णु ढुंगेलको सट्टा अर्याललाई लगेपछि त्यतिबेला प्रचण्डको सचिवालयको खुबै आलोचना भयो । पछि ढुंगेललाई सिनेट सभाको आमन्त्रित सदस्यमा थपियो ।

पुल्चोक कै एक विद्यार्थीका अनुसार सभापति अर्याल काठमाडौ मोडेल कलेज/स्कुल ब्रान्डका संस्थापक व्यवसायीका छोरा हुन् । केएमसी नेटवर्क भित्र हिमालय इञ्जिनियरिङ्ग कलेज र युनिभर्सल इञ्जिनियरिङ्ग कलेज पनि छन् । उक्त विद्यार्थीका अनुसार इञ्जिनियरिङ्गको शुल्क घट्दा पनि अर्यालको आन्दोलन कायम रहनुले विद्यार्थीको हित भन्दा पनि आफ्ना बुबाको लगानी मैत्री अनुकुल हुनेगरि अहिलेका डिनलाई हटाएर रोजेका व्यक्ति ल्याउनु हो ।

विद्यार्थीका तर्फबाट सत्तापक्षीय नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र नेत्रविक्रम चन्द्र नेतृत्वको अखिल क्रान्तिकारीका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । सत्तापक्षीय विद्यार्थीले डिन कार्यालय र विश्वविद्यालय लक्षित आन्दोलनका कार्यक्रम गर्दै आएका थिए भने पुल्चोक स्ववियु र एमालेनिकट अनेरास्ववियुले शुल्क वृद्धिको विरोधमा सरकारलाई केन्द्रित गरेर आन्दोलनका गतिविधि गर्दै आएको छ । स्रोतका अनुसार विश्वविद्यालय र डिन कार्यालयमा यतिबेला एमालेनिकट पदाधिकारीको वर्चस्व छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत