आइतवार, फाल्गुन ४, २०८१

स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुइजना पक्राउ


कान्तिपथ


सिरहा- सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुइजना पक्राउ परेका छ्न् । भारतको जयनगरबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरप्लेट बि.आर ७ सि ४२२४ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा कार अगाडिको सिट मुनि राखेर लुकाइ छिपाइ ल्याएको अवस्थामा रकमसहित उनिहरुलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा चालक सिरहा नगरपालिका वडा न-१७ माडर बस्ने अन्दाजी वर्ष -५२ का प्रेम कुमार यादब र सोही कारमा सवार वडा न-७ का वर्ष-४२ का सन्जय कुमार साह रहेका छन् ।

बरामद रकम र कारसहित निजहरुलाई थप अनुसन्धान तथा कार्वाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यलाय सिरहाका डिएसपी रबिन्द्र राज पान्डेले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत