बिहिबार, बैशाख ११, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • आइसीसी महिला टी-२० विश्वकप छनौटः नेपालको लगातार तेस्रो जित, भुटान तीन विकेटले पराजित

आइसीसी महिला टी-२० विश्वकप छनौटः नेपालको लगातार तेस्रो जित, भुटान तीन विकेटले पराजित


कान्तिपथ


काठमाडौं- मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसियाली छनोटको तेस्रो खेलमा नेपालले लगातार तेस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा भुटानलाइ तीन विकेटले हराउदै नेपालले प्रतियोगीतामा लगातार तेस्रो जित निकालेको हो ।

युकेएम वाइएसडी क्रिकेट मैदानमा टस हारेर ब्याटीङ गरेको भुटानले नेपाललाइ ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । भुटान निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रनमा समेटियो ।

नेपालका लागि बलिङमा पुजा महतोले ३ विकेट लिइन् । ४० रनको समान्य लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपालले १३ ओभरमा ७ विकेटको क्षतिमा पाएको लक्ष्य पुरा गर्‍यो । कप्तान रुविना क्षेत्रीले १२ रन बनाइन् । यो जित सगै नेपालको सेमिफाइनल यात्रा बलियो बनेको छ ।

नेपालले पहिलो खेलमा मलेसियालाइ ५ रनले पराजित गर्दा दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो । अव नेपालले भोलि कतारसँग र बुधबार युएइसँग खेल्नेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत