सोमवार, माघ ७, २०८१

एसिया कप क्रिकेट: आज नेपालले पहिलो पटक भारतसँग खेल्दै


कान्तिपथ


काठमाडौँ । नेपालले आज एसिया कप २०२३ को दोस्रो खेलमा भारतसँग खेल्दैछ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।

नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो ।

समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अङ्क बाँडेका हुन् ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान २ खेलमा ३ अंकका साथ समूह ए बाट सुपर फोरमा पुगेको छ । भारतको एक खेलमा एक अङ्क छ भने नेपाल अङ्कविहीन छ । नेपालले पहिलो खेलमा हार बेहोरेको कारण सुपर फोरमा पुग्न जित बाहेक अन्य कुनैपनि विकल्प छैन ।

समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

एसिया कप २०२३ का लागि नेपाली टोली: कुशल भुर्तेल, आसिफ शेख (विकेटकीपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, प्रतिस जीसी, अर्जुन साउद, मौसम ढकाल, किशोर महतो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत