शनिबार, अशोज १३, २०८०

डोल्पामा विश्वकै अग्लो स्थानमा ताल ! (फोटो फिचर)


कान्तिपथ


डोल्पा- हिमाली जिल्ला डोल्पामा विश्वकै अग्लो स्थानमा रहेको ताल पत्ता लागेको छ । सिमेन गाउँबाट गएको गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङ्ग, वडा नं ६ का अध्यक्ष नुर्बु डम्डुल गुरुङ्गसहितको सत्र जनाको टोलीले जिल्लाको उत्तरी क्षेत्रमा पर्ने डोल्पोबुद्ध गाउँपालिका ६ को फालगास्थित हिमाल नजिकै उक्त ताल पत्ता लगाएको हो ।

जिपिएस मेसिनबाट उचाइ नाप्दा ५ हजार १ सय ९० को उचाइमा ताल रहेको कुरा प्रष्ट देखिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङ्गले बताउनुभयो । यसअघि “विश्वकै अग्लो स्थानमा रहेको भनी प्रसिद्द रहेको तिलिचो ताल ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको ।

अहिले पत्ता लागेको ताल तिलिचो भन्दा २ सय ७१ मीटर माथि रहेको पाइएको छ । स्थानीय भाषामा यो तालको नाम कुन्ख्येन फालक रहेको बताइएको छ । अब प्रमाणिकरणका लागि सरकारले आग्रह गरिने गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङ्गले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत