काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको स्टाटस तीव्र विवादित भएपछि हटाएका छन् ।
नेपाल र भारतको क्रिकेट म्याच हेर्न श्रीलङ्का पुगेका बालेनले उतैबाट स्टाटस डिलिट गरेका हुन् । आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको झोकमा बालेनले फेसबुकमा उत्तेजक अभिव्यक्ति दिएका थिए ।
उनले अब आइन्दा महानगरको कुनै पनि गाडी सरकारले रोकेको खण्डमा ‘सिंहदरबारमै आगो लगाइदिने’ धम्की समेत दिएका थिए । सरकारलाई चोरको संज्ञा समेत दिएको स्टाटसले हंगामा मच्चिएको थियो ।
हिजो उनको सचिवालयले विज्ञप्ति जारी गर्दै महानगरको गाडी रोकिएको घटनाबारे प्रष्टीकरण दिएको थियो । तर, बालेनको स्टाटसबारे त्यसमा केही उल्लेख थिएन ।