शुक्रबार, बैशाख ७, २०८१

असोज १ मा कोरिया भाषा परिक्षा : २५ सय माग, ३५ हजारको आवेदन


कान्तिपथ


आगामी १ असोजमा कोरिया भाषाको परीक्षा हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा १ असोजमा गर्न लागेको हो।

कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि इपिएस कोरिया शाखाले गएको साउन २० गतेदेखि २४ गतेसम्म आवेदन आह्वान गरेको थियो।

दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट दुुई हजार पाँच सय कामदार लैजाने तयारी गरेको छ।

इपिएस परीक्षाको लागि ३५ हजार ७०८ जनाले आवेदन दिएका छन्। आवेदन दिएकाहरुको भाषा परीक्षा असोज १ असोजमा चार सिफ्टमा सञ्चालन गर्ने तयारी छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत