मङ्लबार, जेष्ठ ६, २०८२

सरकारले जग्गा दिए महानगरले ८०–९० करोडको क्रिकेट रंगशाला बनाउने


कान्तिपथ


काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको बताएका छन् ।

नेपाल र भारतबिच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने पनि बताएका छन् ।

‘फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनको कर्मचारीको प्रश्न थियो– यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?’ बालेनले फेसबुकमा लेखेका छन्, ‘श्रीलंकाको अध्यागमन चकित पर्नेगरीको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए, त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०–५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो ।’

नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेको उल्लेख गर्दै उनले अनुमानित हिसाबका आधारमा त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड हुन सक्ने जनाएका छन् ।

उनले श्रीलंकामा नेपाल र भारतबिच खेल भइरहेको रंगशाला हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै रहेको पनि उल्लेख गरेका छन् । ‘केही प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद,’ उनले लेखेका छन्, ‘यसैले नेपाल सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत