मङ्लबार, अशोज ९, २०८०

एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि मतदान जारी


कान्तिपथ


एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। सोमबार रातिदेखि नै मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको भन्दै स्थगित गरिएको मतदान मंगलबार बिहान ८ बजेदेखि सुरु गरिएको हो ।

पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि ३६४ जनाको उम्मेदवारी परेको छ ।

सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ । अधिवेशनबाट ५ जना पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत