साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान जारी छ। राजस्व अनुसन्धान विभागले १८ दिन छानबिन गरेपछि फाइल जिम्मा लिएको सीआईबीले अहिले विभिन्न व्यक्तिहरुसँग बयान र सोधपुछ गरिरहेको छ।
त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेलसँग पनि सीआईबीले सोधपुछ गरिरहेको छ। सुन बरामद हुँदा बिदामा भए पनि उनीसँग सीआईबीले सोधपुछ गरेको हो।
यो प्रकरणमा नेताहरु र भीआईपी पनि जोडिएको चर्चाबीच सीआईबीले शंकास्पद भूमिका देखिएकाहरुसँग सोधपुछलाई तीव्र बनाएको छ।
सुन तस्करीका मुछिएका चिनियाँ नागरिहरुसँग ‘कनेक्सन’ देखिएपछि दिपेश पुनसँग पनि सीआईबीले सोधपुछ गरेको छ।
सीआईबीले भेपमा लुकाएर भएको नौ केजी सुन प्रकरण र ६० केजी सुन प्रकरणलाई लिएर शंकास्पदहरुलाई सोधपुछ जारी राखेको छ।
यो प्रकरणको अनुसन्धान फाइल सीआईबीले यही महिनाभित्र सरकारी वकिलकहाँ पठाउने गरी तयारी गरिरहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ