बिहिबार, चैत्र ६, २०८१

श्रीलंकासँग २ रनले हार्यो अफगानिस्तान


कान्तिपथ


श्रीलंकाले एसिया कपमा अफगानिस्तानले रोमान्चक जित हात पारेको छ । समूह बी बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् ।

श्रीलंकाले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७ दशमलब ४ ओभरमा २ सय ८९ रनमा अलआउट भयो । अफगानिस्तानका लागि मोहम्मद नाबीले ३२ बलमा ६ चौका र ५ छक्कासहित ६५ रनको अर्धशतकीय ईनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन ।

कप्तान हश्मातुल्लाह शाहिदी ६६ बलमा ३ चौका र १ छक्कासहित ५९ को अर्धशतकीय ईनिङ खेले । राशिद खान १६ बलमा ४ चौका र १ छक्कासहित अविजित २७ रन बनाए ।

नाजिबउल्लाह जद्रान १५ बलमा १ चौका र २ छक्कासहित २३ रनमा आउट भए । गुलबदीन नाइब २२ रनमा आउट भए ।

श्रीलंकाका कसुन रजिथाले ४ तथा दुनिथ वेलालेगे र धनन्जय डि सिल्भाले समान २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । श्रीलंकाका विकेटकिपर कुशल मेन्डिसले ८४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ९२ रनको अर्धशतकीय ईनिङ खेले ।

पथुम निसांका ४० बलमा ६ चौकासहित ४१ रनमा आउट भए । दिमुथ करुणारत्ने ३५ बलमा ६ चौकासहित ३२ रनमा आउट भए । दुनिथ वेलालागे ३९ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे । महेश थिक्सेनाले २४ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए ।

अफगानिस्तानका लागि गुलबदीन नाइबले ४ तथा राशिद खानले २ विकेट लिए । मुजिब उर रहमानले १ विकेट लिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत