शनिबार, अशोज १३, २०८०

फरार छोराको नाम भुटानी काण्डमा लिएपछि नैनकलाको लफडा !


कान्तिपथ


कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले संसद बैठकमा बोलेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले सांसद नैनकला थापाले अभद्र व्यवहार गरेको आरोप लागेको छ । संसद बैठकमा बोलेको विषयमा आफूमाथि सांसद थापा अमर्यादित रुपमा प्रस्तुत भएको न्यौपानेले बताएकी छिन् ।

७ भदाै‌काे संसद बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री जेलमा रहेको तर कसैलाई सोधपुछ नगरेको भनी सांसद न्यौपानेले प्रश्न गरेकी थिइन् । बैठकमा सांसद न्यौपानेले भनेकी थिइन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त छोरा जसले आमालाई पनि पैसा पठाएको पाउनु भयो कि भएन भनेर भनेको छ, त्यो भिडियो रेकर्ड छ । तर, प्रहरी र सरकारको आँखा त्यहाँ पुग्दैन । आजसम्म पनि खोजविन हुन सकेको छैन । पूर्वगृहमन्त्री त्यही काण्डमा जेलमा हुनुहुन्छ । सरकारले के गर्न खोजेको छ ?’

सांसद न्यौपानले फरर अभियुक्त को भनेर नाम उल्लेख गरेकी थिइनन् । उनकाे नैनकलाका छोरा प्रतिक थापालाई थियाे । त्यही अभिव्यक्तिपछि सांसद न्यौपाने बाहिर निस्कने क्रममा संसदको लबीमा सांसद थापाले अभद्र व्यवहार गरेको आरोप लागेको छ । प्रतिक अहिले फरार छन् ।

नैनकला थापा यसअघि गृहमन्त्री रहेका एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’की श्रीमती समेत हुन्। उनी अघिल्लो पटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा महिला आयोगको अध्यक्ष भएकी थिइन्।

माओवादी ‘जनयुद्ध’मा हुँदा २०५५ सालदेखि बादलको निजी सचिवालयमा रहेर काम गरेकी थिइन्। बादललाई सांस्कृतिक विचलनको आरोप लागेपछि थापा स्थायी शिक्षकबाट राजीनामा दिएर बादलको निजी सचिवालयको रुपमा भूमिका निर्वाह गरेकी थिइन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत