मङ्लबार, अशोज ९, २०८०

सुन तस्कर गुण्डा नाईकेको गाडीमा मन्त्रीको चेक !


कान्तिपथ


काठमाडौं प्रहरीको विशेष टोलीले २५ भदौमा दुबई हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं ओर्लिएका काभ्रेका बाबुलाल दोङलाई पक्राउ गर्‍यो । प्रहरीले मलद्वारमा लुकाएको ९६० ग्राम सुन भेटेपछि उनलाई पक्राउ गरेको थियो ।

बाबुलाललाई पक्राउ गरेको प्रहरीले सुनबारे सोधखोज गर्दा उनी भरिया मात्र भएको खुल्यो । बाबुलालले ल्याएको सुन बुझ्ने समूहको खोजी प्रहरीले गर्‍यो ।

प्रहरीले सुन रिसिभ गर्ने काभ्रे कै जगत लामा र मिङमा दोर्जे स्याँग्तानलाई पक्राउ गर्न सफल भयो । प्रहरीको अनुसन्धानले सुन जगत लामा र विकास योञ्जन लामाको भएको खुलाएको छ । जगत पक्राउ परे पनि विकास फरार छन् ।

वाग्मती प्रदेश ०२०३० प ८५१७ नम्बरको बुलेट मोटरसाइकलमा जगत थिए । वाग्मती प्रदेश ०१२७ च ९९६० नम्बरको क्रेटा गाडीमा मिङमा र विकास थिए ।

प्रहरीले मिङमा र जगतलाई पक्राउ गर्न सफल भए पनि विकास कार नै छाडेर भागे । प्रहरीले विकास लामाको कार बरामद गरेको छ । उक्त कारमा अरू व्यक्तिका करोडौँ रकमको चेक बरामद भएको छ।

काभ्रे क्षेत्र नम्बर–१ ‘ख’का प्रदेशसभा सदस्य तथा वाग्मती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीर्थ लामाले दिएको ६ लाख रुपैयाँको चेक समेत विकासको कारमा फेला परेको छ ।

प्रहरीका अनुसार, विकास बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री तीर्थबहादुर लामा निकट व्यक्ति हुन् । उनकै जोडबलमा विकास गएको चुनावमा प्रदेशसभाको समानुपातिक उम्मेदवारका लागि सिफारिसमा परेका थिए ।

आपराधिक पृष्ठभूमिका उनी ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल बसेर भीमफेदी कारागारबाट छुटेका थिए । उनी मोटसाइकल चोरीको अभियोगमा पनि पक्राउ परेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत