संयुक्त राष्ट्रसंघको दशक लामो जागिर छाडेर झापाका कमल किरण कार्की सक्रिय राजनीतिमा होमिएका छन् । जनतासंग माओवादी :विशेष रुपान्तरण अभियान २०८० अन्तर्गत एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले कार्कीलाई पार्टीमा स्वागत गरेका हुन् ।
परिवर्तनप्रति अडिग विश्वास भएका किरणसँग क्रान्तिकारी चेत छ । उनी चे ग्वेराको विचार र दृष्टिकोणसंग अत्यन्तै आकर्षित छन्। चेको विचारधाराले मार्क्सवाद-लेनिनवाद र साम्राज्यवाद विरोधीलाई आधारभूत तत्वको रूपमा लिएकोअवधारणाबाट किरण अत्यधिक प्रभावित छन्, जसले कसरी क्रान्तिको विकास र समाजवादी समाज निर्माणगर्ने भन्ने कुरालाई आफ्नो पहिचान दिएको छ।
पेशागत रूपमा कार्की अन्तर्राष्ट्रिय सम्बन्ध, वकालत, मानव अधिकार, द्वन्द्व व्यवस्थापन, आपतकालिन रमुख्य रूपमा कूटनीतिक क्षेत्रमा दक्खल राख्छन। उनले एसिया (नेपाल, भारत, थाइल्यान्ड र म्यानमार), मध्यपूर्व (सिरिया, लिबिया, इराक, ट्युनिस र जोर्डन), पूर्वी अफ्रिका (केन्या, सुडान र रुवाण्डा) र युरोप(जेनेभा र अंकारा) जस्ता विभिन्न क्षेत्रहरूमा एक दशकभन्दा बढी समय संयुक्त राष्ट्र संघमा आवद्ध भएर काम गरेका छन्।
सालिन र मनमोहक व्यक्तित्वका लागि परिचित कार्की आफ्नो सक्रियतामा अडिग रहने परिणामुखी युवा अधिवक्ता हुन्। उनले लण्डन, संयुक्त अधिराज्यबाट कानून र अन्तर्राष्ट्रिय सम्बन्धको डिग्री हासिल गरेका गरेका छन्। नेपाली, अंग्रेजी, हिन्दी र उर्दूमा पोख्त ज्ञान भएका किरण अरबी, फ्रेन्च र स्पेनिस भाषामा समेत थोर-बहुत जानकार छन्।
सामाजिक न्यायको मुद्धा उठान गरेको कारण उनी माओवादी केन्द्रप्रति सहानुभूति राख्छन। संसारमा बिरलै देखिने क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेका कारण किरण प्रचण्डको चामत्कारिक नेतृत्वबाट धेरै हदसम्म आकर्षित छन् ।
प्रचण्डले नेतृत्व गरेको पार्टीले जनतालाई उज्ज्वल भविष्य र इतिहासलाई न्याय दिन सक्षम हुने विश्वास कार्कीलाई छ। अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र वकालतमा आफ्नो विशेषज्ञतालाई ध्यानमा राख्दै किरण अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान गर्न चाहन्छन्। देशको कार्यकारी तहमै पुगेर समाजसेवा मार्फत राष्ट्र रुपान्तरणकोअभियान आफ्नो लक्ष्य भएको तर हाल त्यसको सुरुवात कुटनीति, विदेश मामिला र अन्तराष्ट्रिय सम्बन्धबाट गर्न चाहेको कार्कीले बताए ।
कार्कीका अनुसार, ‘आम दृष्टिकोणमा राजनीति अन्य क्षेत्रमा केही गर्न नसक्ने र कमजोर व्यक्तिले गर्छन् भन्ने आम धारणा छ । अलि पढेलेखेका, शिक्षित व्यक्तिहरु अन्यत्रै सेट हुनुपर्दछ भन्ने समाजको मान्यता पनि छ । जुन धारणा गलत छ । देश चलाउने, समाजको नेतृत्व गर्ने, नीति निर्माण गर्ने व्यक्ति पक्कै पनि सक्षम र अब्बल हुनुपर्दछ , हुन जरुरी छ । योग्य र सक्षम व्यक्ति राजनीतिमा लाग्न जरुरी छ । युवा मात्र नभई सचेत युवाहरु राजनीतिमा लाग्नु पर्छ ।’