न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा १ जना मात्र उत्तीर्ण भएका छन् । आयोगले पारसमणि पोखरेललाई मात्र अन्तर्वार्ताका लागि सिफारिश गरेको हो ।
आयोगले २०८० साउन १६ देखि २० गतेसम्म लिएको लिखित परीक्षामा २११ जना सहभागी भएकोमा एकजना मात्र उत्तीर्ण भएका हुन् ।
आयोगले आन्तरिक खुलातर्फ १५ जना, खुलातर्फ ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेशी २ जना र दलित १ जना गरी कुल २९ जना जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो ।
तर, १ जना मात्र उत्तीर्ण भएको न्याय सेवा आयोगले भदौ ३१ गते जारी गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस्, सूचना :
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ