दोरम्बा शैलुङ गाउँपालिका वडा नं ६ माथिल्लो ढाडेँ मा वि. स. २०७२ साल मा दर्ता भएको प्रगतिशील युवा समाजले विभिन्न सामाजिक काम गर्ने गरेको छ। संस्थाले विगतमा कोराना को समय मा रामेछाप जिल्लामै पहिलो पटक अक्सिजन ग्यास सहितको अक्सिजन, लगायत अन्य स्वास्थ्य सामग्री लियर दोरम्बा शैलुङ गाउँपालिका पुगेको थियो, रिस्ठे आधारभूत स्वास्थ्य केन्द्र,सुनापती स्वास्थ्य केन्द्र,लगायत विभिन्न विद्यलयहरुमा पनि स्वास्थ्य सामग्री लियर चर्चा पाएको संस्थाले राष्ट्रिय आविष्कार केन्द्र लाई पनि आर्थिक सहयोग गरेको थियो।
यस वर्ष को हरितालिका तीजको विशेष दिन दर खाने दिनको अवसर मा दोरम्बा शैलुङ गाउँपालिका वडा नं ६ का दिदीबहिनी हरुलाई निमन्त्रणा गरी भव्य रूपमा दर खुवाई स्थानीय स्तरमा परम्परा गत चाडवाड लाई सांस्कृतिक कार्यक्रम गरी मनाउने गरिएको र संस्थाले टेजस्पेश्वर महादेव मन्दिरको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमको अवसर पारेर दर खाने कार्यक्रम पनि गरी तीज मनाई चेलीबेटीहरुलाई खुसी बनाएको संस्थाका संस्थापक सुसिल चौलागाईं ले बताउनु भयो।
कार्यक्रम मा दोरम्बा शैलुङ गाउँपालिका का प्रमुख मैन कुमार मोक्तान ले प्रमुख आतिथ्य गर्नु भएको थियो भने अतिथिहरुमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य विमल ढुङ्गेल,वडा नं का अध्यक्ष टीका प्रसाद गौतम लगायत अन्य राजनीतिज्ञ,स्थानीय समाजसेवी,शिक्षक हरुको भव्य उपस्थिति रहेको संस्थापक चौलागाईं ले बताउनु भयो।