शुक्रबार, बैशाख ७, २०८१

प्रेस्किप्सन बिनाको औषधी लैजाँदा कोरियामा दीपशिखामाथी अनुसन्धान


कान्तिपथ


चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाईसियल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ माथि दक्षिण कोरियाली प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहेको छ।

गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा कोरियाली प्रहरीले अनुसन्धान थालेको हो। दीपशिखाले उक्त औषधी एन्जाइटीका बिरामी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए।

पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी उनले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन। राजदूतले मगाएको औषधी बोकेका दीपशिखा कोरियाली अध्यागमनमा रोकिएपछि दूतावासले उनलाई छुटाउन पहल गरेको थियो। दूतावासको अनुरोधपछि दीपशिखा औषधी अध्यागमनमै छोडेर विमानस्थलबाट बाहिर निस्किन पाएका थिए। विधिमा समस्या हुँदा सापकोटा समस्यामा फसेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत