शनिबार, अशोज १३, २०८०

शिक्षकहरुले सरकारसँग कुरा नगर्ने


कान्तिपथ


संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्ताका लागि सरकारले गरेको आग्रहलाई अस्वीकार गरेको छ ।

बुधबारदेखि देशभरका विद्यालय ठप्प पार्ने गरी आन्दोलनको घोषणा गरेको महासंघले वार्ताका लागि शिक्षा मन्त्रालयले गरेको आग्रह अस्वीकार गरेको हो ।

महासंघले वार्ता नबसी झन् सशक्त आन्दोलनका कार्यक्रम गर्ने तयारी गरेको छ । आन्दोलन स्थगित गरेर वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार आह्वान गरेको थियो।

महासंघले विभिन्न १८ वटा बुँदामा असहमति जनाउँदै आन्दोलन घोषणा गरेको हो । महासंघले यसअघि पनि सरकारसँग पटकपटक वार्ता भएको तर विधेयक ल्याउँदा बेवास्ता गरिएकोले वार्ताको औचित्य नभएको प्रतिक्रिया दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत