मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • शिक्षा
  • शिक्षकहरुको अडानले आजदेखि देशभरका ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित हुने

शिक्षकहरुको अडानले आजदेखि देशभरका ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित हुने


कान्तिपथ


काठमाडौं- वार्तामा बस्न सरकारले गरेको आग्रहलाई अस्वीकार गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएपछि आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि असहमति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ केन्द्रित भएसँगै विद्यार्थीहरूको पढाइ प्रभावित हुने भएको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् ।

हिजैदेखि शिक्षकहरुले आन्दोलन सुरु गरेपनि संविधान दिवसको अवसरमा हिजो सरकारले सार्वजनिक विदा दिएको थियो । देशभरका सामुदायिक विद्यालय बन्द गर्ने शिक्षकहरुको अडानले आजदेखि लाखौ विद्यार्थीको पढाइ प्रभावित हुने भएको हो ।

हिजो पहिलो दिन हजारौंको संख्यामा शिक्षकहरु आन्दोलनमा सहभागी भएका थिए । यो संख्या आज झन् बढ्ने शिक्षक महासंघको दाबी छ । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत