शुक्रबार, मंसिर १५, २०८०

शे-फोक्सुण्डोबाट लुटिएका मूर्ति ओडारमा फेला


कान्तिपथ


डोल्पा- हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका-४ बाट लुटिएका आठ थान धातुका मूर्तिहरु डोल्पोबुद्ध गाउँपालिकामा भेटिएका छन् ।

गत असार ८ गते स्थानीय लार्जम लामाको घरबाट मध्यराती हतियारधारी समुहद्धारा लुटिएका मूर्ति दुई महिनापछि डोल्पोबुद्ध गाउँपालिका-३ फोलोङ्कार्बो स्थित एक ओडारमा बेवारीसे अवस्थामा भेटिएका हुन् ।

घाँस काट्न गएका स्थानीय महिलाले २७ भदौमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएपछि धो बाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय डोल्पामा बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको झण्डै एक साता पछि बुधवार जिल्ला प्रशासन कार्यालयमा प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको हो । धातुको जस्तो देखिने सात थान मूर्ति र एक थान चिस्तुम सार्वजानिक गरिएको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।

भेटिएका मूर्ति र स्तुपासहित आठ थान मध्ये छ थान लार्जम लामाकी छोरी ३६ बर्षिया पेम्बा पुटिक लामाले आफ्नो भनि सनाखत गरेपनि बाँकी दुई थान मूर्ति कहाँका हुन भन्ने अझै खुल्न सकेको छैन् ।

बिहिवार पुरातत्व विभागको राय लिएरमात्र सनाखत गरिएका मुर्ति बुझाइने र दुई थान मूर्तिबारे अनुसन्धान अघि बडाइने डिएसपी बुढाथोकीको भनाइ छ ।

भौगोलिक रुपमा विकट भएकाले सबै ठाउँमा सुरक्षा चौकीहरु नहुँदा उपल्लो डोल्पामा दिनदाहाडै हतियारधारी समुहले पटकपटक प्राचिन गुम्बाहरु, व्यक्तिका धनमालहरु लुट्ने गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत