नेपालका प्रधानमन्त्री (प्रचण्ड) लाई चीनका उप्रधानमन्त्रीले पहिलोपटक स्वागत गरेका छन्।
अमेरिका भ्रमण सकेर आजै बिहान चीन आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले हाङ्जाओ विमानस्थलमा स्वागत गरेका हुन्। उनी अर्थतन्त्र र वित्त हेर्ने उपप्रधानमन्त्री हुन्।
यसरी चीनका उपप्रधानमन्त्रीले नेपालको प्रधानमन्त्रीलाई स्वागत गरेको यो पहिलोपटक हो।