सोमवार, मंसिर १८, २०८०

प्रधानसेनापति ‘इन्डो–प्यासिफिक’ सम्मेलनमा !


कान्तिपथ


प्रधानसेनापति प्रभुराम शर्मा आइतबार छिमेकी देश भारत भ्रमणमा जाने भएका छन् । १३ औं ‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागिताका लागि शर्मा भारतको राजधानी नयाँ दिल्ली जान लागेका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले असोज ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा प्रधानसेनापति शर्मा सहभागी हुने जानकारी दिए ।

प्रधानसेनापति शर्मासँगै उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम र प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि दिल्ली जाँदैछन् ।

‘इन्डो–प्यासिफिक’ अमेरिकासहितका राष्ट्रहरूको सैन्य रणनीति हो । सम्मेलनमा नेपालसहित अमेरिका, अस्ट्रेलिया, बंगलादेशलगायत राष्ट्रका सैन्य नेतृत्वको सहभागिता रहनेछ । विगत वर्षदेखि नै सञ्चालन हुँदै आएको यो सम्मेलनमा नेपालले निरन्तर सहभागिता जनाउँदै आएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत