बिहिबार, मंसिर १४, २०८०

वर्षाले धनगढी जलमग्न, सेती प्रादेशिक अस्पतालमा पानी पस्दा बिरामीलाई सास्ती


कान्तिपथ


धनगढी।भीषण बर्षाका कारण धनगढी नगर क्षेत्र जलमग्न भएको छ भने सेती प्रादेशिक अस्पताल भित्र पानी पसेपछि बिरामीलाई समस्या भएको छ ।

आज सवरै ४ बजे देखि ६ बजेसम्म परेको भीषण बर्षाले धनगढी बजार मुख्य सडक देखि आसपासका बस्ती जलमग्न भएका छन् । सडक जलमग्न भएपछि यातायात आवागमनमा कठिनाइ भइरहेको छ भने नगर क्षेत्रका अधिकांश बस्तीमा पानी पसेको देखिन्छ । सडक निमार्णमा भइरहेको ढिलाइका कारण अस्तव्यस्त बनेको धनगढी बजारको मुख्य सडकमा भीषण वर्षाले थप समस्या निम्त्याएको छ।

धनगढी उपमहानगरपालिकाले वर्षाको पानी निकासका लागि डाेजर लगाउने तयारी भइरहेको जनाएको छ ।यस्तै बर्षाले सेती प्रादेशिक अस्पतालकाे पुरानो भवनमा पानी पसेपछि बिरामीलाई समस्या भएको छ । अस्पतालकाे वार्डसम्म पानी पसेपछि बिरामी तथा कुरुवाले बेडको सहारा लिएका छन् । अस्पतालका मेसु डा.शेरबहादुर कमरले अस्पताल भित्र वर्षाको पानी पस्दा उपचारमा समस्या देखिएपनि स्वास्थ्यकर्मी खटिरहेको बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत