नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन राजधानी आज मिति २०८० असोज ८ गते काठमाडौँमा शुरु भएको छ । सो अधिवेशन असोज ८ र ९ गते गरी दुई दिन संचालन हुनेछ ।
यो संगै सिन्घुली जिल्ला बाट प्रतिनिधित्व गर्ने विभिन्न जनवर्गीय संगठन सहितको भेला मार्फत मौजुद बागमती प्रदेश सदस्यहरुको उक्त भेला मार्फत बागमती प्रदेश संगठन कमिटी सदस्य तथा कमलामाई नगरपालिकाका निवर्तमान नगर प्रमुख, सिन्धुलीका लोकप्रिय नेता खडग खत्रीलाई बागमती प्रदेशको उपसचिवमा सर्वसम्मत निर्वाचित गराउने कुरामा जोड दिएका छन् ।
सो दुई दिने अधिवेशन बाट सिन्धुली जिल्ला लाई बागमती प्रदेश कमिटीमा १ पदाधिकारी उप सचिब पदमा दाबी गर्ने भनी सिन्धुली ने.क.पा.एमाले जिल्ला अध्यक्ष कुमार बहादुर कार्की , नेकपा एमाले जिल्ला इन्चार्ज डा. खेम लोहनी, केन्दीय सदस्यहरू कमल जंग राई, उमा कोइराला, मनोज जंग थापा, सुभाष देवकोटा लगायत प्रदेश सदस्यहरु ,जिल्ला उपाध्यक्ष, सचिव, उपसचिव, जिल्ला सदस्य एमाले बागमती प्रदेश अधिबेसन प्रतिनिधि लगायत एमाले सिन्धुलीका शुभेक्षुक तथा शुभचिन्तकहरुको उपस्थितिमा बागबजार स्थित होटल हार्दिक मा भेला बसी जिल्ला लाई पाउने प्रदेश सदस्यका लागि समेत सर्वसम्मत गर्नका लागि जिल्ला इन्चार्ज लगायत केन्द्रिय सदस्यलाई जिम्मा दिने र प्रदेश उप सचिवमा मा एक मना एकताका साथ सिन्धुलीका लोकप्रिय नेता खडग खत्रीलाई बनाउन जिल्ला बाट सशक्त पहल गर्ने भनि सो भेला बाट सर्व सहमत भएको नेकपा एमाले जिल्ला सदस्य तथा सम्मेलन प्रतिनिधिले जानकारी दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ