बिहिबार, मंसिर १४, २०८०

एमाले बागमती चुनावतिर


कान्तिपथ


नेकपा एमालेको बागमती प्रदेश अध्यक्षका लागि चुनावी प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । गए रातिसम्म भएको सहमतिको प्रयास सफल नभएपछि चुनावी प्रतिस्पर्धाको बाटो खुलेको हो ।

सोमबारदेखि सुरु भएको अधिवेशनको बन्दसत्रले राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई अनुमोदन गरिसकेको छ । नेतृत्व छनाेट टुंगो लगाउन बाँकी रहेकोले आजबाट चुनावी प्रक्रिया सुरु गर्ने तयारी भएको हो ।

एमाले नेताहरूको भनाइमा प्रदेश अध्यक्षमा सहमति जुटाउने प्रयास भए पनि आकांक्षीहरूबीच सहमति हुन सकेको छैन । सोहीकारण अध्यक्षसहित अन्य पदमा पनि चुनाव हुने सम्भावना रहेको छ । आज बिहानबाटै मनोनय दर्ता सुरु गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, नुवाकोटका केशव पाण्डेको दाबी रहेको छ । उपाध्यक्षको लागि मकवानपुरका अनन्तप्रसाद पौडेल, सुभाषचन्द्र ठकुरी, चितवनका दावा लामा, काठमाडाैंका केशव पोखरेल, दोलखाका ईश्वरचन्द्र पोखरेल, काभ्रेका कुमार खकुरेल लगायतले उम्मेदवारी दिने चर्चा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत