सोमवार, मंसिर १८, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • बलात्कारको आरोपपछि सुईकुच्चा ठोकेका सुनकोशीका वडाअध्यक्ष समातिए !

बलात्कारको आरोपपछि सुईकुच्चा ठोकेका सुनकोशीका वडाअध्यक्ष समातिए !


कान्तिपथ


ओखलढुंगाको सुनकोशी गाउँपालिका– १० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा पक्राउ परेका छन् । वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै २५ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले वडाध्यक्ष धमलालाई पक्राउ गरेको हो ।

धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार जिल्ला अदालतबाट पक्राउ गर्ने आदेश भएकोमा मंगलबार धमलालाई सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै धमला मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका थिए । प्रहरीको खोजी सूचीमा रहेका धमलाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै षड्यन्त्र गरेर आफूलाई फसाइएको दाबी गर्दै आफैँ प्रहरी र अदालतमा हाजिर भएर कानुनी लडाइँ लड्ने प्रतिक्रिया दिएका थिए ।

पक्राउ परेका धमलालाई ओखलढुंगा जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको छ । अदालतको आदेशसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत