सोमवार, मंसिर १८, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमाले बागमतीको निर्वाचन : साँझ अन्तिम नामावली प्रकाशन, भोलि बिहान मतदान

एमाले बागमतीको निर्वाचन : साँझ अन्तिम नामावली प्रकाशन, भोलि बिहान मतदान


कान्तिपथ


नेकपा एमाले बागमती प्रदेशको अधिवेशनअन्तरगत निर्वाचन कार्यक्रम सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधबार बिहान मतदाता नामावली प्रकाशन भइसकेको छ ।

यसैगरी अन्तिम नामावली प्रकाशनपछि मध्याह्न १२ बजेदेखि उम्मेदवारको दरखास्त फाराम वितरण गरिने कार्यतालिका छ । मनोनयन दर्तापछि साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरेर बिहीबार बिहान ८ देखि ३ बजेसम्म मतदान गर्नेगरी कार्यतालिका बनाइएको छ ।

मनोनयन दर्ताका लागि पदाधिकारीमा ५०० र सदस्यमा ३०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत