दोलखाको सिँगटीबाट तस्करीको सुन बरामद भएको छ । बुधबार राति प्रहरीले करिब चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो ।
लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । ‘करिब चार केजी सुनसहित तीनजना पक्राउ परेका छन्, अहिले मुचुल्का उठाइएको छ,’ डिएसपी खड्काले भने, ‘आज सार्वजनिक गर्छौ ।’ एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो ।
दोलखामा क्रियाशील एक स्वार्थ समूह डिएसपी खड्काको सरुवा गर्न हात धोएर लागि परेको थियो । नाका खुलेको एक हप्ता मै यति ठुलो अपरेसन गरेपछि उनीहरु हच्किएका छन् ।