बिहिबार, मंसिर १४, २०८०

कैलाश पर्वत र मानसरोवर जाँदै प्रधानमन्त्री


कान्तिपथ


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदैछन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका उनी बुधवार तिब्बतको ल्हासा आएका थिए ।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनको साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् ।

बुधवार ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री दाहाल गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत