शुक्रबार, मंसिर १५, २०८०

घाटमा जलाउन ठिक्क पारेको शव प्रहरीले उठायो


कान्तिपथ


सर्लाहीको रामनगरस्थित मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले २१ वर्षीया युवतीको शव बरामद गरेको छ। मनुषमारा घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि पक्राउ गरेको छ।

रामनगर १ खैर्वा निवासी सुनिल साहकी पत्नी २१ वर्षीया मनिषा साहको शव बुधबार दिउँसो चितामा चढाएर जलाउन ठिक्क पारेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

घाटबाटै प्रहरीले युवतीका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरेको छ। घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए। मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको डीएसपी पञ्जियारले बताए। सर्लाहीकै कविलासी गाउँपालिका- ३ घर भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो। उनका माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको आशंका गरेका छन्।

डीएसपी पञ्जियारका अनुसार परिवारका सदस्यले भने छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत