सोमवार, मंसिर १८, २०८०

एमाले कोशी प्रदेश अधिवेशनको तयारी पुरा


कान्तिपथ


विराटनगर । विराटनगरमा शुक्रबारदेखि शुरु हुन लागेको नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।

नेकपा एमाले कोशी प्रदेशले विराटनगरमा आज पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जानकारी गराएको छ । दुई दिनसम्म चल्ने सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

अधिवेशनमा एमाले पार्टीसँग आबद्ध विभिन्न सङ्गठनका १ हजार ५० जना प्रतिनिधिको सहभागिता रहने छ । भोलि ११ बजे शुरु हुने अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष तुलसी न्यौपानले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत