नेकपा (एमाले) बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिले जनाएको छ । पटक पटक निर्वाचन कार्य तालिका फेरबदलपछि मध्यान्ह १२ बजेबाट मतदान सुरु भएको हो ।
अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन् । सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् ।
यस्तै चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवामा सर्वसम्मत भएको र ९ जिल्लामा आंशिक निर्विरोध भएको नेता शेरबहादुर तामाङले जानकारी दिएका छन् । एक अध्यक्ष, उपाध्यक्ष १, सचिव १, २ उपसचिवसमेत ७५ जना सदस्यका लागि निर्वाचन हुँदैछ ।
अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा भएको छ। केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन्।
दाहालको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद खतिवडा, सचिव नवराज सिलवाल रहेका छन्। यसैगरी ढुंगेलको प्यानलमा उपाध्यक्ष दावा दोर्जे लामा र सचिव हस्त पण्डित रहेका छन्। उपाध्यक्षमा भने ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले समेत उम्मेदवारी दिएका छन्।