बिहिबार, मंसिर १४, २०८०

चुनावी वाचा पुरा हुँदै : ४ हजार मिटरमाथि नाँ गाउँमा अब बिजुली !


कान्तिपथ


विद्युतीकरण नसकेको गौरिशंकर गाउँपालिकाको वडा नं ९ नाँ गाउँमा अब विद्युत सेवा पुग्ने भएको छ । ३० किलोवाट क्षमताको सौर्य मिनिग्रिड परियोजनाको मंगलबार शिलान्यास भएसँगै लामो समयदेखि अन्धकारमा रहेको नाँ गाउँमा विद्युत सेवा विस्तार हुने भएको हो ।

गाउँपालिका अध्यक्ष विश्वास कार्कीले वडा नम्बर ९ स्थित नाँ मा बन्ने कन्ट्रोल प्यानल हाउसको जग खनेर परियोजनाको शिलान्यास गरेका हुन् । हालसम्म विद्युत प्रसारण लाइन नपुगेको नाँमा विद्युत परियोजना शिलान्यास भएसँगै कार्कीको चुनावी वाचा पुरा हुने देखिएको छ ।

सामाजिक संजाल फेसबुकमा शिलान्यासको फोटो राख्दै अध्यक्ष कार्कीले भनेका छन्, ‘दोलखामा अहिलेसम्म विद्युतको पहुँच पुग्न नसकेको गौरिशंकर गाउँपालिकाको अधेरो नाँ गाउँमा अब उज्यालो हुने भएको छ । यो हामी सबैको खुशी हो ।’

आयोजना निर्माणका लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ३ करोड १४ लाख , जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाको २५ लाख र गौरीशंकर गाउँपालिकाको ९ लाख ९८ हजार गरी कूल ३ करोड ४८ लाख रुपैयाँ लगानी रहनेछ ।

कार्कीले आफुलालाई नाँ मा पहिले नै आउन मन लागेको, तर नाँबासीको लागि केही नगरी नआउने आफ्नो प्रतिबद्धता रहेकाले यो परियोजनाको ठेक्का स्विकृत भएपछि मात्रै नाँ बासीसँग दुःखसुख साट्न आएको बताए ।

सगरमाथा आरोहीको गाउँको नामले चिनिने बेदिङ र ना गाउँलाई चिनिन्छ । ना गाउँ समुन्द्री सतहबाट ३९४३ मिटर उचाइमा रहेको छ । कार्की गत स्थानीय चुनावमा माओवादी केन्द्रको तर्फबाट ४७५१ मत ल्याएर निर्वाचित भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत