बिहिबार, मंसिर १४, २०८०

कर्णाली एमालेको चुनाव आज : अध्यक्षमा ५ जनाको दाबी


कान्तिपथ


नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार मध्याह्न १२ बजेबाट मतदान सुरु हुनेछ ।

कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । अधिवेशनमा कर्णालीका १० जिल्लाबाट ६०४ प्रतिनिधि रहेका छन् ।

आज हुने निर्वाचनले एमाले एमाले कर्णालीमा पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत