बिहिबार, मंसिर १४, २०८०

घुस खाने मेयरलाई ६ महिना कैद


कान्तिपथ


विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्ता सहित २ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको इजलासले गुप्ता सहित इञ्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो ।

उनीहरुमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप थियो ।

दुवैजनाबाट एक लाख ४० हजार रुपैयाँ विगो र त्यति नै जरिवाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । दुवैलाई ६/६ महिना कैद गर्ने फैसला भएको छ ।

साहलाई अख्तियारको टोलीले गत फागुनमा रंगेहात पक्राउ गरेको थियो । पछि मेयर गुप्ताले पनि घुस मागेको भेटिएपछि अख्तियारले गुप्तालाई पनि मुद्दा चलाएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत