सोमवार, मंसिर १८, २०८०
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • महिला प्रहरीलाई गुड फ्राइडेको अफर गर्ने एसएसपी पाललाई बर्खास्तीको तयारी !

महिला प्रहरीलाई गुड फ्राइडेको अफर गर्ने एसएसपी पाललाई बर्खास्तीको तयारी !


कान्तिपथ


प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले यौनहिंसा गरेको छानबिन समितिले निष्कर्ष निकालेपछि त्यसबारे प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले एसएसपी पालले यौनहिंसा गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरेपछि त्यसबारे एसएसपी पाललाई स्पष्टीकरण सोधिएको हो।

प्रहरी नियमावली २०७१ को दफा ११५ मा सजायको आदेश दिनुपूर्व स्पष्टीकरण सोध्नुपर्ने व्यवस्था गरिएको छ। जसअनुसार कुनै प्रहरी कर्मचारीलाई सजाय दिनुअघि कारबाही गर्न लागिएको व्यहोरा उल्लेख गरी हुन सक्ने सजायसमेत खुलाएर सम्बन्धित व्यक्तिलाई लिखित सूचना दिनुपर्ने हुन्छ।

छानबिन समितिले प्रहरी आचारसंहिता तथा प्रहरी नियमावली विपरीतको काम गरेको, आफ्नै सहकर्मी महिलालाई यौनहिंसा गरेको पुष्टि भएको कुरा प्रतिवेदनमा उल्लेख गरेको छ। आफ्नै सहकर्मी महिलामाथि कार्यकक्षमै यौनहिंसा गरेको पुष्टि भएपछि बर्खास्त सम्मको प्रस्ताव गर्दै प्रतिवेदन पेस गरिएको छ।

छानबिनको क्रममा विभिन्न व्यक्तिसँग सोधपुछ गर्दा तथा पीडित महिलासँग सोधपुछ गर्दा यौन हिंसा गरेको पुष्टि भएको समितिले औंल्याएको छ। समितिले गरेको ३ महिना लामो अनुसन्धानका क्रममा यौन हिंसा गरेको पुष्टि भएको हो।

सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत