म्यानचेस्टर शहरका दुवै क्लबले हार ब्यहोरेका छन् । सिटीले प्रिमियर लिगमा यस सिजनको पहिलो हार ब्यहोर्दा युनाईटेड क्रिस्टल प्यालेससँग पराजित बनेको छ ।
साविक विजेता सिटीलाई स्तब्ध बनाउने टोली बन्यो, उल्भस । दोस्रो हाफमा ह्वाङ हि चेनले गोल गर्दै च्याम्पियन सिटीलाई स्तब्ध बनाउने काम गरे । टच लाइनमा प्रतिबन्ध ब्यहारेका प्रशिक्षक पेप ग्वार्डिओलाले हारको बारेमा प्रतिक्रिया दिन पनि पाएनन् ।
खेलमा अग्रता घरेलु टोली उल्भ्सले रुबिन डाइसको आत्मघाति गोलमा थिएको थियो । जुलियन अल्भारेजले ५८ औं मिनेटमा गोल गर्दै सिटीलाई खेलमा फर्काएपनि त्यो पर्याप्त रहेन ।
हारका बाबजुत सिटी १८ अंक सहित तालिकाको शीर्ष स्थानमै छ । उल्भ्सले ७ खेलबाट ७ अंक जोडेको छ ।
अर्को खेलमा म्यानचेस्टर युनाईटेडलाई घरमै स्तब्ध बनाउने टोली क्रिस्टल प्यालेस बन्यो ।
युनाईटेड घरेलु मैदान लगातार दुई पटक पराजित बनेको हो । जोमि एन्डरनले गरेको गोल युनाईटेडलाई हराउन पर्याप्त रह्यो । दुवै टिम पछिल्लो ५ दिनमा दोस्रो पटक भेटिएका हुन् ।
कारबाओ कपमा युनाईटेडले प्यालेसलाई ३–० ले हराएको थियो । त्यसको बदला प्यालेसले प्रिमियर लिगको खेलमा लिएको छ । युनाईटेडको ७ खेलबाट ९ अंक छ । प्यालेस ११ अंक सहित युनाईटेडमाथि छ ।