काठमाडौं, असोज १६ । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ८ सय रुपैयाँ, बिहीबार १ हजार ४ सय रुपैयाँ र शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेको थियो । त्यस्तै, आइतबार ८ सय र सोमबार १ सय रुपैयाँले घटेको सुनको आउ आज १३ सय रुपैयाँले घटेको हो ।