सोमवार, मंसिर १८, २०८०

दिनमणिको दौडधुपपछि देउवा कै अगाडी प्रचण्डको एक कल !


कान्तिपथ


प्रधानमन्त्रीले विश्वास गरेको वकिल महान्यायाधिवक्ता हुने चलनै हो । तर, एकपछि अर्को गर्दै युवाहरुलाई त्यही भर्‍याङमार्फत सर्वोच्चमा छिराएर भावी प्रधानन्यायाधीशको लाइनमा उभ्याउने खेती मौलाएको जनआस्थाले लेखेको छ ।

अहिलेका महान्यायाधिवक्ता डा.दिनमणि पोखरेललाई कांग्रेस सभापति शेरबहादुर देउवाकै सामु प्रमले अमेरिका र चीन जानुअघि न्यायपरिषद् बैठक चल्दाचल्दै फोन गरेर सर्वाेच्चमा लाने निर्णय गराउन चाहनुभएको थियो । त्यसमाथि न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठसमेत दिनमणिबाहेक अरुको नाम आएमा सही नै नगर्ने भन्दै कात्तिक ११ गतेसम्मका लागि असोज पहिलो हप्ता अमेरिकातिर हान्निएका छन् । कांग्रेसी कोटा भन्दै शेखर कोइरालाले बारका पूर्व महासचिव सुनिल पोखरेल र देउवाले विजय मिश्रलाई च्यापेको स्थिति छ । माओवादीबाट डिएन पराजुलीको दाबी यथावत् छ भने पदम वैदिक पनि कुदाकुदमै छन् । शालिकराम सापकोटासमेत लाइन लागेर बसेका छन् ।

अर्कातिर, सर्वोच्चमा न्यायाधीशहरु घर जाने अर्को क्रम शुरु भएको छ । अनिलकुमार सिन्हाले मुद्दा हेर्न छाडिसकेका छन् । ईश्वरप्रसाद खतिवडा पनि मंसिरसम्ममा जानेछन् । उनी गएपछि दिनमणीलाई ल्याउने कि भन्ने पनि छ । यसपछि आनन्दमोहन भट्टराई जेठमा जाँदैछन् । दिनमणि सर्वोच्च गएमा महान्यायाधिवक्ता बन्न रमणकुमार श्रेष्ठ, मुक्ति प्रधान र तुलसी भट्टको दौडधुप शुरु हुने बताइन्छ ।

चोलेन्द्रसमशेरको पालामा एकपटक उपत्यका बसिसकेकालाई दोहोर्‍याएर नदिने नीति थियो । अहिलेचाहिँ त्यो फेरिएको छ । उदाहरण हुन् शिशिर ढकाल र राजन भट्टराई । महान्यायाधिवक्तालाई जस्तै मुख्यरजिष्ट्रारलाई पनि न्यायाधीश बनाएर सर्वोच्च छिराउने धन्दा शुरु भएकै थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत