मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • अर्घाखाँचीको लोकप्रिय भैरव नाच भारतको राजधानी नयाँ दिल्लीमा नाचिँदै

अर्घाखाँचीको लोकप्रिय भैरव नाच भारतको राजधानी नयाँ दिल्लीमा नाचिँदै


कान्तिपथ


अर्घाखाँची जिल्लाको भूमिकास्थान ८ मा रहेको नुवाकोट भैरव समाज नुवाकोट, हटियाको संरक्षणमा निकालिएको भैरव नाँच यही २०८०असोज २१ गते अर्थात ८ अक्टोबर २०२३ मा भारतको राजधानी नयाँ दिल्लीमा नाचिने भएको छ।

“हाम्रो परम्परा ,हाम्रो रितिरिवाज “”हाम्रो पुर्खा हाम्रो पौरख नेपाली कला संस्कृति र सम्पदा राष्ट्रको गौरब ” मुल नारा बोकेको भैरव नाँच मुख्य त नेवार समुदायमा नाचिने नाच भए पनि पछिल्लो समय अर्घाखाँचीको संपूर्ण समुदायमा लोकप्रिय हुँदै गएको भैरव समाजका अध्यक्ष मती प्रसाद श्रेष्ठ ले बताउनु भयो भारतमा आयोजक नेपाली आवाज दैनिक पत्रिका , भारतको न्यू दिल्लीमा रहेको प्रायोजक: बि. पी कोईरला फाउन्डेशन दिल्ली भारत ,युनाईटेड को-अप्रेटिभ शोसाईटी दिल्ली भारत रहेको यस भैरब समाज का पदम कुमार श्रेष्ठले बताउनु भयो । भैरव नाँच प्रदर्शन असोज २१ गते अर्थात ८ अक्टोबर साँझ ४ बजे देखि प्यारेलाल भवन आई टि.ओ न्यु दिल्लीमा हुने आयोजकले जनाएको छ। हाम्रो कला र संस्कृति लाई बचाई राखी भैरब नाच सँगै सिङ्गो जिल्ला,नगर पालिका र वडालाई समेत देश र विदेशमा चिनाउन पाएकोमा खुशी लागेको र संस्कृति जोगाइ राख्न सहयोग गर्नु हुने यस नुवाकोट भैरब समाज र समुदायमा रहनु भएका सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण लाई धन्यबाद भन्दै हामी सँगको कुराकानीमा भूमिकास्थान वार्ड नं ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयो। यो भैरव नाच पश्चिम नेपालमा लोकप्रिय नाच को रूपमा लिइन्छ। यो भैरव नाचमा महादेवको रिसाहा रूपमा काल भैरव देविको स्वरुपमा रातो भैरव गणेशको अवतारमा सेतो भैरव र नखिचा भनेर चिनिने (डंकनी) समेत् गरी नाचिन्छ र यो नाच सिद्दिए पछी अन्य मनोरञ्जनको लागि अन्य नाचहरु डण्डा नाच घोडा नचाउने नाच लाउरे लाउरेनी नाच चरा नचाउने नाच लगायत अन्य नाचहरु नाचिने गरिन्छ।
यो समाचार तयार पार्दा यस नुवाकोट भैरव समाजका अध्यक्ष मती प्रसाद श्रेष्ठ र पदम प्रसाद श्रेष्ठ अनि भूमिकास्थान ८ न वडा अध्यक्ष राजकुमार श्रेष्ठ सँगको कुराकानीमा तयार पारिएको।

  • दिपक पौडेल, कान्तिपथ संवाददाता


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत