बिहिबार, मंसिर १४, २०८०

च्याम्पियन्स लिग : सिटी र बार्सिलोनाले जिते, पीएसजी हार्‍यो


कान्तिपथ


युरोपियन च्याम्पियन्स लिग फुटबलको समूहगत चरणका खेलमा बुधवार राती साबिक विजेता म्यानचेस्टर सिटी र पूर्व विजेता बार्सिलोनाले जित हात पारेका छन्।

पेरिस सेन्ट जर्मन-पीएसजी भने न्युकासलको मैदानमा ४-१ गोलले पराजित भयो।

आरबी लेइपजिगको मैदानमा उत्रिएको म्यान सिटी ३-१ गोलले विजयी भयो। उसका लागि फिल फोडेन, जेरेमी डोकु र जेभियर अल्भारेजले गोल गरे।

दोस्रो हाफको सुरुवातमै १-१ गोलको बराबरीमा फर्किएको लेइपजिगले त्यसलाई कायम राख्न सकेन। २ खेलबाट ६ अंक भएको म्यान सिटी समूहको शीर्षस्थानमा छ।

बार्साले एफसी पोर्टोमाथि १-० को कठिन जित हात पारेको हो। बार्साका फेरान टोरेसले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो।

लगातार दोस्रो जितसहित बार्सा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ।

अर्को खेलम न्युकासलले फ्रान्सको लिग च्याम्पियनमाथि सुरुवातबाटै दबाब बनाएको थियो।

पहिलो हाफमा २-० गोलले अगाडि रहेको न्युकासलले दोस्रो हाफ सुरु भए लगत्तै अर्को गोल थपेको थियो।

३-० गोलले पछाडि परेको अवस्थामा पीएसजीले १ गोल फर्काएको थियो।

समूहमा २ खेलपछि न्युकासलको ४ र पीएसजीको ३ अंक छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत