बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • खेलकुद
  • विश्वकप क्रिकेट आजबाट सुरु हुँदै : उद्घाटन खेल इङ्ल्यान्ड र न्युजिल्यान्डले खेल्ने

विश्वकप क्रिकेट आजबाट सुरु हुँदै : उद्घाटन खेल इङ्ल्यान्ड र न्युजिल्यान्डले खेल्ने


कान्तिपथ


आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आज बिहीवारदेखि शुरु हुँदैछ । भारतको नरेन्द्र मोदी स्टेडियममा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ । भारतले उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कला, कौशल र प्रविधिको प्रयोग गर्नेछ ।

यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्ने क्षमता छ ।

विश्वकपको उद्घाटन खेलमा आज दिउँसो सवा २ बजे इङ्ल्यान्ड र न्युजिल्यान्डले खेल्ने छन् । इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो ।

यो विश्वकपका खेलहरू भारतका १० वटा सहर– अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्गलोरमा हुनेछन् । विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । दुई पटकको विश्व विजेता वेस्ट इन्डिज भने यस पटक विश्वकपमा छनोट हुन असफल भयो ।

आज अक्टोबर ५ तारिखदेखि शुरु हुने विश्वकप आउँदो नोभेम्बर १९ तारिखसम्म ४६ दिन चल्नेछ । राउन्ड रोबिनका आधारमा प्रतियोगिता हुने भएकाले सबै देशले एक अर्कासँग खेल्नेछन् । प्रतियोगितामा १० वटा टिमबीच ४८ खेल हुनेछ । शीर्ष चारमा पर्ने देश सेमिफाइनलमा पुग्नेछन् ।

सन् १९७५ देखि शुरु भएको एकदिवसीय विश्वकपको यो १३ औँ संस्करण हो । एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टिम अस्ट्रेलिया हो, अस्ट्रेलियाले पाँच पटक विश्वकप जितेको छ । भारत र वेस्ट इन्डिजले समान दुई/दुई पटक तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले एक/एक पटक उपाधि जितेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत