नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो अधिवेशन बन्दसत्रमा प्रवेश गरिसकेको छ । गएको सोमबार अधिवेशन उद्घाटन गरिएको थियो । केही घण्टामै उद्घाटनसत्र सकाइएको थियो । नेतृत्व चयनका निम्ति मतदान भने सुरु भएको छैन ।
बुधबार ढिलो गरी सुरु गरिएको मनोनयन प्रक्रिया साँझसम्म चलेको थियो । निर्वाचन समितिले बिहीबार (आज) बिहान ८ बजेदेखि मतदान भने पनि हालसम्म प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न सकेको छैन ।
विद्युतीय मतदान हुने भएकाले परिणाम आउन भने समय लाग्ने छैन । निर्वाचनमा ९०७ जना प्रतिनिधिले मतदान गर्नेछन् ।
गण्डकी प्रदेश अध्यक्षका निम्ति निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा छन् । उनीहरू दुवै प्यानलसहित मैदानमा उत्रिएका छन । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ । अधिकारीको पक्षमा स्थायी कमिटी सदस्य खगराज अधिकारी रहेका छन् ।
अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलको साथ छ । तर, आफू कुनै गुटमा नलागेको उनले सामाजिक सञ्जालमार्फत प्रस्टोक्ति दिएका छन् । महासचिव पोखरेल र स्थायी कमिटी सदस्य अधिकारी मायानाथलाई जिताउन भने लागिपरेका देखिन्छ ।
अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मी आचार्य, महिला उपसचिवमा कास्कीकै मीना गुरुङ र अर्काे उपसचिवमा म्याग्दीका सन्तोष रावलले उमेदवारी दर्ता गराएका छन् ।
म्याग्दीका शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्को उपसचिवमा कास्कीका दामबहादुर विकले उमेदवारी दर्ता गराएका छन् ।
यो समूहलाई उपमहासचिव गुरुङसहित सचिव पद्या अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ र एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको बताइन्छ ।
अधिवेशनमा शर्मा टिमबाट २१ गण्डकी प्रदेश कमिटी सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
विभिन्न क्लस्टरका २७ निर्विरोध सदस्य चुनिँदा गुरुङ गुटका २१ जना परेको सो समूहका एक नेताले जिकिर गरे । अधिकारी समूहका ६ जना मात्र निर्विरोध निर्वाचित बनेको बताइएको छ ।
भूगोलतर्फको २२ सिट खुलामा ५३ जनाले मनोनयन दर्ता गराएका छन् । सो समूहको ११ महिला सदस्यका लागि १८ जना मैदानमा छन् ।
पाँच दलित महिलाका लागि १८ जना मैदानमा छन् । अपांगता भएका एक पदका लागि चार उमेदवार छन् । १० पद छुट्ट्याइएको प्रदेश युवा खुलामा २३ र पाँच युवा महिलाका लागि नौजनाले उमेदवारी दिएका छन् ।
आदिवासी जनजाति प्रदेश खुला १३ का लागि १७ जना मैदानमा छन् । जसमा तीन महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ । मजदुर खुलातर्फका दुईजनाका लागि पाँच र प्रदेश महिला खुला एक सिटका लागि संगीता पाण्डे निर्विरोध भएकी छन् ।
अल्पसंख्यकका दुईजनाका लागि चारजना मैदानमा छन् । अल्पसंख्यक महिलामा सुनकुमारी घर्ती निर्विरोध भएकी छन् ।
मुस्लिमका लागि छुट्ट्याइएको दुई सिटमा चारजनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्रका निम्ति छुट्ट्याइएको १८ सिटका लागि ३१ जना मैदानमा छन् ।
जिल्ला भूगोलतर्फको ६१ सिटका लागि जिल्लागत रूपले नै उमेदवारी परेको छ । जसानुसार कास्कीका नौ सिटका लागि २४ जना मैदानमा छन् ।
गोरखाका पाँच सिटका लागि आठ, तनहुँका ६ सिटमा ११, नवलपुरका सातका लागि २८, पर्वतका सातका निम्ति १२ जनाले मनोनयन दर्ता गराएका छन् ।
बागलुङका ६ सिटका लागि १२, मनाङका दुईका लागि चार, मुस्ताङका तीन सिटका लागि निर्विरोध निर्वाचित भएका छन् । म्याग्दीका चार सिटमा पनि निर्विरोध सदस्य चुनिएका छन् ।
स्याङ्जाका सात सदस्यका लागि १५ र लमजुङबाट चुनिने पाँचजना पनि निर्विरोध बनेका छन् । त्यसमा महिला सिट पनि सुरक्षित गरिएको छ ।
यो निर्वाचनबाट एमालेका गण्डकी अध्यक्ष, उपाध्यक्ष, सचिव, एक महिला उपसचिवसहित १६५ सदस्यीय कार्यसमिति चयन गरिनेछ । प्रमुखसहित लेखा समितिका सातजना पनि चुनिनेछ ।
यी हुन् निर्विरोध निर्वाचित हुने २७ सदस्यहरु:
आदिवासी जनजाति महिला
– जोगमाया महतो
– निर्मला थापा
– लालसुब्बा गुरुङ
अल्पसंख्यक महिला
– सुनकुमारी भुजेल घर्ती
गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टिकानारायण श्रेष्ठ
गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– हरिप्रसाद काफ्ले
बाग्लुङ १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– लिला राणा
बागलुङ २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टंकप्रसाद शर्मा पौडेल
मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– चिन घले
प्रदेश मजदुर (महिला)
– संगिता पाण्डे
जिल्ला भूगोल दलित (नवलपुर)
– कृष्णबहादुर विके
जिल्ला भूगोल खुल्ला (मनाङ)
– बाबुराम नेपाली
– पेम्बा घले
जिल्ला भूगोल खुल्ला (मुस्ताङ)
– हेमेन्द्र शेरचन
जिल्ला भूगोल महिला (मुस्ताङ)
– शर्मिला गुरुङ
लमजुङ जिल्ला भूगोल खुल्ला
– प्रेमबहादुर घले
– फूलबहादुर थापा
लमजुङ जिल्ला भूगोल महिला
– लक्ष्मी अधिकारी
– विष्णुमाया राना
जिल्ला लमजुङ दलित
– नन्दराम विश्वकर्मा
संघीय निर्वाचन क्षेत्र भूगोल मुस्ताङ
– इन्द्रधारा विष्ट
संघीय निर्वाचन क्षेत्र भूगोल म्याग्दी
– हरिकृष्ण श्रेष्ठ
जिल्ला भूगोल म्याग्दी
– किरण सापकोटा
जिल्ला भूगोल दलित म्याग्दी
– पुष्कर विक
जिल्ला भूगोल दलित मुस्ताङ
– तिलक विक
लेखा समिति
महिला सदस्य