बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • गाउँपालिका अध्यक्ष उठेका एमाले नेता शाहीले मागे अश्लिल फोटो (अडियाेसहित)

गाउँपालिका अध्यक्ष उठेका एमाले नेता शाहीले मागे अश्लिल फोटो (अडियाेसहित)


कान्तिपथ


जुम्लाकाे ताताेपानी गाउँपालिका वडा नं. ८का सुरत बहादुर शाही नेकपा एमालेका युवाको रूपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमा नै परिचित नाम हो । एमालेमा त उनी गाउँदेखि केन्द्रसम्म परिचित नेतामा पर्छन् । दुई पटक स्थानीय तहको टिकट पाएर पनि पराजित भएका थिए । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार थिए । निर्वाचनमा पराजित भए ।

नेतालाई आदर्श मानेर गाउँघरमा धेरै मानिसहरू उसको पार्टीमा जोडिन्छ । तर शाहीले भने आफ्नै गाउँमा आफ्नै नाता पर्ने छोरी बहिनीहरूलाई यौन हिंसा र बलात्कार गरेका घटनाहरू बाहिर आउन थालेका छन् । उनको राजनीति पहुँचका कारण अहिलेसम्म कसैले मुख खोल्न नसके पनि अहिले भने उनकै गाउँका छोरी बहिनीहरू उनले गरेका अपराधका विरुद्ध मुख खोल्न थालेका छन् । अहिले मिडियामा नै आफै आएर उनले गरेका अन्याय अत्याचार र बलात्कारका विरुद्ध बोल्न थालेका छन् ।

शाही एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष पनि हुन् । नेता शाही लामो समयसम्म फेसबुक मार्फत यौन प्रस्ताव राखेर हैरान बनाएपछि उनले दाईलाई भनेकी थिईन । उनले भनिन, ‘दाइले त्यो मान्छे गलत छ । जे भने पनि फोन रेकर्ड गर्नु भनेपछि मैले उसले गरेको फोन कल रेकर्ड गरेकी हुँ । सुरत शाहीले पटक पटक म्यासेज गर्ने डिलिट गर्ने, भेटौँ भन्ने गर्न थालेपछि दाइसँग सल्लाह गरेर म्यासेज राखे, फोन रेकर्ड गरे ।’

नेपाल एङ्गलका अनुसार उनले फोनमा भनेका छन् ःम तिमिसँग अरु कुरा गर्दिन तिम्रो पढ्ने कुरा फिक्स गरेको छु तिम्रो पढाइको लागी खर्च म दिन्छु राम्रोसँग पढ्नु अनि मैले मागेको त्यो कुरा दिन्छा्रै नि ?
बालिका ः हुन्छ के कुरा हो भन्नु नि ?
शाही ः सेक्स गर्न दिनु पर्छ
शाही ः बालिकालाई फोटा पठाउनु फेसबुकको मेसेजमा
बालिका ः के को फोटा?
शाही ः तिम्रो मिल्क (स्तन) को फोटा पठाउ ।

अडियो :

https://fb.watch/nt-uqvZZk3/



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत