नेकपा एमालेको गण्डकी प्रदेश कमिटीका पदाधिकारी, लेखा समितिका पदाधिकारी र विभिन्न क्लस्टरका सदस्य चयन गर्न मतदान जारी छ । ३३ वटा भोटिङ मेसिनमार्फत मतदान सुरु भएको हो ।
एक जनालाई मत हाल्न बढीमा ४ मिनेट लाग्ने अनुमान निर्वाचन कमिटीको छ । यो निर्वाचनमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहको प्यानल प्रतिस्पर्धामा छ । म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारीले अध्यक्षका लागि उम्मेदवार छन् । शर्मा पार्टी उपमहासचिव गुरुङ र अधिकारी स्थायी कमिटी सदस्य अधिकारीको समूहबाट उम्मेदवार बनेका हुन् ।
उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवार छन् । दवाडी पृथ्वीसुब्बा र रश्मि खगराज प्यानलबाट उम्मेदवार बनेका हुन् । उपसचिवमा दामबहादुर विक र सन्तोष रावलको उम्मेदवारी छ ।
विक पृथ्वीसुब्बा र रावल सन्तोषनिकट हुन् । उम्मेदवारको प्रारम्भिक सूचीमा स्याङ्जाका अर्जुनकुमार सुनामको पनि नाम थियो । उनले पछि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । उपसचिव महिलामा मन्जु अधिकारी प्यासी र मिना गुरुङको उम्मेदवार छन् । अधिकारी पृथ्वीसुब्बा र गुरुङ खगराज प्यानलका हुन् । पदाधिकारी र सदस्य चयन गर्न प्रदेशका ११ जिल्ला र जनवर्गीय संगठनबाट ९ सय ७ जना प्रतिनिधि मतदाता छन् ।