शुक्रबार, मंसिर १५, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • तरुण दलका गुण्डा रिगलको कैद मिनाहा विरुद्धको रिट शर्माको इजलासमा

तरुण दलका गुण्डा रिगलको कैद मिनाहा विरुद्धको रिट शर्माको इजलासमा


कान्तिपथ


बाँकेको नेपालगन्जका चेतन मानन्धरको हत्यारा रिगल भनिने योग ढकालको कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ ।

नेपालगन्जको धम्बोजी चोकमा रिगलले खुँडा प्रहार हत्या गरेका चेतनकी श्रीमती भारती मानन्धर (शेर्पा)ले कैद मिनाहाको निर्णयविरुद्ध यही असोज १४ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सरकारले संविधान दिवसका अवसरमा असोज ३ गते रिगलसहित ६७० जनाको कैद मिनाहा दिने निर्णय गरेको थियो । त्यसविरुद्ध भारतीले रिट दायर गरेकी हुन् ।

उक्त रिटमा यसअघि दुईपटक पेसी सारिएको थियो । भारतीको रिट शर्माको इजलासमा आज १६औँ नम्बर (त) मा परेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत