सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ। आयोगको बैठक गृह मन्त्रालयको पुरानो भवनको परिसरस्थित कार्यालयमा असोज १७ गते बसेको हो।
बैठकले आयोगको नाम ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, इमेल कायम गर्ने र वेवसाइट समेत तयार गर्ने लगायत ५ निर्णय गरेको छ।
आयोगको बैठकले पहिलो निर्णयमा आयोग गठन गरी जिम्मेवारी प्राप्त भएकोमा नेपाल सरकार मन्त्रिपरिषदलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यादेश अनुसारको कार्य सम्पन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस्तै दोस्रो निर्णयमा आयोगको सार्वजनिक परिचय एवं पहिचानका लागि संक्षिप्त नाम : “सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, इमेल कायम गर्ने र वेवसाइटसमेत तयार गर्ने भनिएको छ।
यसैगरी तेस्रो निर्णय आयोगको काम कारबाहीको सम्बन्धमा आवश्यकतानुसार सञ्चार सम्पर्कको कार्य एवं सूचना सम्प्रेषणको कार्य आयोगका अध्यक्ष डिल्लीराज आचार्यमार्फत गराउने भन्ने छ।
प्रेस विज्ञप्ति
प्रकाशित सूचना अनुसार गठित यस आयोगले नेपाल सरकार, गृह मन्त्रालयको पुरानो भवनको परिसरमा कार्यालय स्थापना गरी नेपाल सरकारको मिति २०८०।०६ । १४ को निर्णय एवं नेपाल राजपत्र भाग ५, संख्या ३१) मिति २०८०।०६।१५ मा आयोगको मिति २०८० । ०६ । १७ गतेका दिन बसेको प्रथम बैठकले निम्न अनुसारको निर्णय गरी कार्य प्रारम्भ गरेको व्यहोरा
जानकारीका लागि प्रेस विज्ञप्ति जारी गरिएको छ ।
(१) आयोग गठन गरी जिम्मेवारी प्राप्त भएकोमा नेपाल सरकार मन्त्रिपरिषदलाई हार्दिक धन्यवाद ज्ञापन गर्दे, कार्यादेश
अनुसारको कार्य सम्पन गर्ने प्रतिवध्दता व्यक्त गर्ने ।
२) आयोगको सार्वजनिक परिचय एवं पहिचानका लागि संक्षिप्त नाम: “सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, Commissiomgsc@gmail.com इमेल कायम गर्ने र वेवसाइट समेत तयार गर्ने ।
३) आयोगको काम कारबाहीको सम्बन्धमा आवश्यकतानुसार सञ्चार सम्पर्कको कार्य एवं सूचना सम्प्रेषणको कार्य आयोगका अध्यक्ष श्री डिल्लीराज आचार्य (९८४९०३६१७१/adrdhanbot@gmail.com/ commissiongsc@gmail.com) मार्फत गर्ने गराउने ।
४) सञ्चार सम्पर्क र सूचना प्राप्तिको थप सहजताका लागि मौखिक रुपमा वा आयोगको वेवसाइट, फेसबुक तथा ट्वीटर लगायतका माध्यमबाट आयोगको कार्यक्षेत्रसँग सम्बन्धित सूचनाहरु सम्प्रेषण, सुझाव एवं स्वस्थ प्रतिक्रिया प्राप्त गर्ने गराउने व्यवस्था अविलम्ब मिलाउने ।
५) आयोगको कार्यक्षेत्रसंग सम्बन्धित निम्न बमोजिमका विषयमा तथ्यगत जानकारी एवं सुझाव प्राप्तिका लागि २०८० साल कार्तिक १६ गते भित्रको समयसीमा निर्धारण गरी सञ्चारका विभिन्न माध्यमहरुबाट सार्वजनिक सूचना प्रकाशन गर्ने ।
क) बिदेशबाट इलेक्ट्रोनिक सिगरेट ( Vapes) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको र २०८० साउन २ गते ब्रेकशु मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको लगायतका पटक पटक भइरहेको सुन तस्करीजन्य कसूरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरका सम्बन्धमा ।
ख) सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक
सुधारका सम्बन्धमा ।
ग) यसअघि पटक पटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका त्यसको प्रभावका सम्बन्धमा ।
अन्तरवस्तु,
घ) सुन तस्करीको प्रकृति, सुनको परिणाम र सुन तस्करी (अपराध) को दायराका सम्बन्धमा ।
ङ) सुन तस्करी कार्यमा संलग्न व्यक्तिहरुको संलग्नता र थप अनुसन्धानका सम्बन्धमा ।
निष्कर्ष तथा
च) सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेशका
सम्बन्धमा
छ) तोकिएको जिम्मेवारी निर्वाहको सम्बन्धमा आयोगलाई सहजीकरण वा सहयोगी हुने अन्य विषय ।
२०८०।०६।१८
डिल्लीराज आचार्य
अध्यक्ष
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ