नुवाकोटको म्यागाङ गाउँपालिका-२ बुङतांङबाट भरुवा बन्दुक बनाउँदा बनाउँदै तीनजना पक्राउ परेका छन्।
स्थानीय ७१ वर्षीय सेते सुनारको भाँडा बनाउने आरनमा भरुवा बन्दुक मर्मत भइरहेको खबर पाएपछि प्रहरी चौकी देउरालीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पुगेको टोलीले बिहीबार तीनजनालई पक्राउ गरेको हो।
प्रहरीले उक्त आरनबाट भरुवा बन्दुक २ थान बरामद भएको छ। त्यसैगरी प्रहरीले भरुवा बन्दुक मर्मत गर्न ल्याउने ५२ वर्षीय सिंह तामाङ र २७ वर्षीय साहिल तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याएर थप अनुसान्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।