असोज १९ , काठमाडौ । माओवादी(केन्द्र)का उपाध्यक्ष पम्फा भुषालले निजी शैक्षिक संस्थालाई धारे हात लाएर मात्र सरकारी शिक्षा मजवुत नहुने धारणा राख्नु भएको छ ।
शुक्रबार अखिल(क्रान्तिकारी)को केन्द्रिय कार्यालय टिमको बैठकमा बिध्यार्थी नेताहरुलाई प्रशिक्षणात्मक निर्देशन दिंदै नेतृ भुषालले यस्तो धारणा राखेकी हुन ।
सरकारी र सर्वजनिक शिक्षालाई महत्व दिने पार्टीको निति हुँदा हुँदै पनि सरकारी शैक्षिक संस्थालाई बलियो नबनाई र आम मानिसमा आकर्षण पैदा नगराई निजी शिक्षाको पुर्ण बिकल्प तयार हुन नसक्ने उहाँ धारणा राखेको अखिल(क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए।
उपाध्यक्ष भुषालले उपत्यककाका सरकारी र सामुदायिक स्कुललाई निजी सरह गुणस्तरिय बनाउन के के गर्यो भन संभव छ , त्यो योजना बनाएरै अघि बढ्न बिध्यार्थी नेताहरुलाई निर्देशन दिएको मैनालीले जानकारी दिए ।
माओवादीको ३ महिने अभियानको समिक्षा गरएको बैठकमा पहिलो चरणमा उपत्यकाका सबै सरकरी शिक्षण संस्थालाई निजी सरह प्रतिश्पर्धि हुने गरि बनाउन कार्ययोजना बनाएरै अघि बढ्न नेतृ भुषालले निर्देशन गर्नु भएको थियो ।
अखिल(क्रान्तिकारी)ले बिबाद समाधान गरेर संगठन एक भएको घोषणा गरेपछिको पहिलो ओैपचारिक बैठकले संगठनमा जिम्मेवारी , बढुवा लगायत बबिध बिषयमा एकमत निर्णय गर्दै पार्टीले संचालन गरेको मैनालीले जानकारी दिए ।बैठकमा इन्चार्ज हिमाल शर्माले चाडबाडको समयमा समेत फरक शैलिमा अभियान जारी राख्न क्रान्तिकारीका नेता टोलीलाई निर्देश गरेको मैनालीले जानकारी दिए ।